सर्पको टोकाईबाट मृत्यु भएकि किशोरी महिनावारी नभएको आफन्तको भनाई

दिपक राज दिर्घायु,बैतडी । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो। मंगलबार राति करिब १२ बजेतिर अनितालाई सर्पले टोकेको आफन्त लक्ष्मी चन्दले जानकारी दिए।

आमा मकैको पहरा बस्न बारितिर गएका बेला अनितालाई सर्पले टोकेको स्थानियले बताए। राति एक्कासि १२ बजेतिर घरकै आगनमा मलाई सर्पले टोक्यो, मलाई बचाउ भनेर अनिता चिच्याईरहेको देखेपछि छिमेकिले थाहा पाएको बताईएको छ।

हातमा सर्पले टोकेको र आफुलाई बचाउनु भनेर भन्दै गरेको अवस्थामा देखेपछि छिमेकिहरु जम्मा भएका थिए। तत्काल स्थानिय बैद्यलाई बोलाएको र बैद्य पुग्दा अनिताको मृत्यु भईसकेको जनाईएको छ। यद्यपि अनितालाई सर्पले आगनमै टोक्यो कि भित्र भन्ने एकिन भएको छैन। कति बेला टोक्या, काहा टोक्यो भनेर सोध्ने बेला किशोरी बेहोस भईसकेको आफन्त लक्ष्मी चन्दले बताए।

मृतक किशोरीका बुवा र एक दाई रोजगारिको शिलशिलामा भारतमा रहेका छ। अर्का दाई काम बिशेषले महेन्द्रनगर गएको स्थानियले बताए।

अनिता घरकि कान्छि छोरी हुन। स्थानिय जवलपुर माबिमा कक्षा ९ मा अध्यनरत थिईन्। अनिताको बुधबार स्थानिय परम्परा अनुसार अन्त्यष्ठि गरिएको छ।

केहि मिडिया र अनलाईनहरुमा अनिता महिनावारी भएको र छाउ गोठमा सुतेको अवस्थामा सर्पले टोकेको भन्ने समाचार गलत भएको आफन्तले बताए।-मेलौलीन्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।