काठमाडौंको पब्लिक युथ क्याम्पसमा खुकुरी हानाहान : एक जनाको कान चुडियो
काठमाडौ । काठमाडौंको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा दुई समूहबीच झडप भएको छ । क्याम्पसमा अनेरास्ववियु र नेविसंघका कार्यकर्ताबीच झडप भएको हो ।
झडपका क्रममा दुई समूहबीच खुकुरी हानाहानसमेत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् ।
खुकुरी प्रहारबाट एक जनाको कान चुडिएको प्रहरीले जनाएको छ ।
घाइते भएकालाई उपचारको लागि अस्पताल लगिएको प्रहरीको भनाइ छ ।


