वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएकी ५० वर्षीय एक माया पुलामी मगर सुनसरी घर भएका ४० वर्षीय सन्दीप कुमार चौधरी र धादिङ घर भएका ४५ वर्षीय शालिकराम अर्याल रहेका छन् ।

वैदेशिक रोजगार विभागको पत्राचारका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो । प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एक माया पुलामी मगरले समीर जङ्ग गुरुङलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु, पोर्चुगल पुगेपछि कृषि कम्पनीमा काम लगाइदिन्छु भन्दै २ लाख ५६ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेकी थिइन् । मगरलाई बुधबार नयाँ बसपार्कबाट पक्राउ गरिएको थियो ।

त्यस्तै सन्दीप कुमार चौधरीले रूपक बुढाथोकीलाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिन्छु भन्दै दुई लाख पचपन्न हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए । उनलाई बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उता सालिकराम अर्यालले सरोज गिरीलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भन्दै पचास हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेकोमा टोखाबाट पक्राउ गरिएको थियो । तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको रेग्मीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।