कैदीको मृत्यु प्रकरण : छानबिन गर्न कोशी प्रदेश प्रहरी खाँदबारीमा

विराटनगर । सुरक्षा घेराभित्र दुई जना कैदीको शङ्कास्पद मृत्यु भएको घटनाको छानबिन गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बनाएको समितिले बिहीबारदेखि काम सुरु गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समितिले अनुसन्धानको काम सुरु गरेको हो ।

समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् ।

प्रहरीकै प्रत्यक्ष संलग्नतामा घटना भएको आरोप लागेपछि प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले घटनाको छानबिन गर्न प्रहरीका तर्फबाट अलग्गै समिति बनाएर खटाएका हुन् ।

जिल्ला कारागार सङ्खुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।