झापाबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
झापा, साउन २६ । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो साढे ३ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदाल यात्री मेचीनगर-८ की २१ बर्षीया मनिषा दनुवारलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद गरेसगै लागुऔषध बिक्री बितरणमा संलग्न निजको श्रीमान २१ बर्षीय अभय राजवंशीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।


