भोलिदेखि ३ दिनसम्म ठूलो पानी पर्ने सम्भावना : बाढी, पहिरो र डुबानको जोखिम

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर आउँदो तीन दिन विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आज शुक्रवार दिउँसो १२ बजे विशेष बुलेटिन निकालेर भाेलि शनिवारदेखि आउँदो सोमवारसम्म देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना देखिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । मनसुनको न्यून चापीय रेखा नेपालतिर सर्न लागेकाले भोलि राति देशका धेरै ठाउँमा वर्षा हुनेछ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा नजिक पर्दा पानी धेरै पर्छ । यो रेखा अहिले नेपाल नजिक आइपुगेको विभागले जनाएको छ ।

महाशाखाले निकालेको विशेष मनसुन बुलेटिनमा पर्सि आइतवार पनि देशका धेरै ठाउँमा अत्यधिक वर्षा हुनेछ । सोमवार पनि धेरैजसो प्रदेशमा सामान्यदेखि मध्यम वर्षा हुने भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा सोमवार पनि अत्यधिक वर्षा हुनसक्ने सम्भावना छ ।

विभागले भोलिदेखि सोमवारसम्म पहाडी भूभागमा पहिरो र गेग्रान बहावको सम्भावना रहेको, शहरी क्षेत्रमा डुबान हुनसक्ने तथा देशका साना–ठूला नदीको सतह बढ्ने अनुमान गरेको छ । विभागले सडक र हवाई यातायात अवरुद्ध हुनसक्ने भएकाले सचेत हुन सबैलाई आग्रह गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।