१६ महिनामा ४१ पटक नेपाल आवतजावत गरेका थिए रोहन अडुकिया

काठमाडौं । अध्यागमन विभागले शुक्रबार पक्राउ गरेका भारतीय नागरिक रोहन अडुकिया १६ महिनामा ४१ पटक नेपाल आवतजावत गरेको देखिएको छ । अडुकिया शुक्रबार भारतबाट नेपाल आउँदै गर्दा उनलाई विमानस्थल अध्यगमन कार्यालयले नियन्त्रणमा लिएको हो ।

उनीमाथि साउन २ गते विमानस्थल भन्सारमा बरामद भएको एक सय किलो सुन तस्करीमा संलग्न भएको आरोप लगाइएको छ ।

पक्राउ परेका अडुकियालाई अध्यगमन विभागले राजस्व अनुसन्धान विभागमा पठाउने जानकारी दिएको छ । अध्यगमन विभागका अनुसार रोहन पछिल्लो पटक साउन ५ गते बिहान काठमाडौंबाट बाहिरिएका थिए ।

१५ चैत २०७८ देखि ५ साउन २०८० सम्मको अवधिमा उनले ४१ पटक नेपाल आउजाउ गरेको देखिएको अध्यगमन विभाग स्रोतले बतायो । रोहन पछिल्लो पटक २४ असार (जुलाई ९) मा काठमाडौं आएका थिए । त्यस दिन राति ८ बजेर ६ मिनेटमा काठमाडौं ओर्लिएका उनी त्यसपछि ५ साउनमा नेपाल छोडेका थिए ।

सन् २०२२ को एक वर्षमै रोहन २८ पटक त्रिभुवन विमास्थलमा आवागमन र प्रस्थान गरेको अध्यागमनको विवरणमा उल्लेख छ । सन् २०२३ मा भने १३ पटक आउजाउ गरेको देखिन्छ ।

उनको यात्रा विवरणमा २१ पटक काठमाडौंबाट प्रस्थान र २० पटक आवागमन गरेको देखिन्छ । पछिल्लो १६ महिनामा २१ औं पटक काठमाडौं ओर्लिंदा उनी विमानस्थल अध्यगमन कार्यालयबाट पक्राउ परेका थिए ।

रोहन नेपालमा टेस्ला ब्राण्डका विद्युतीय कार बिक्री गर्ने व्यापारी राकेश अडुकियाका छोरा हुन् । अडुकिया बाबु-छोरा काठमाडौंबाट भारत, दुबई र हङकङमा बाक्लो आवतजावत भएको देखिएको भन्दै अध्यगमन विभागले संकास्पद सूचीमा राखेको थियो । तर, उनीहरु सुन तस्करीमा संलग्न भएको वा अनुसन्धानको दायरामा परेको भन्ने पुष्टि भने राजस्व अनुसन्धान विभागले गरेको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।