सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सांसद डा. सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले डा. शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले ५ र ७ दिनको म्याद दिएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

बिहीबार सीआईबीले शर्मा सहित महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो ।

यस्तै शुक्रबार इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र सुमेरु सिटी अस्पतालकी डा. पुनम थापा चौधरी पक्राउ परेका थिए ।

ब्युरोकी निर्देशक किरण बज्राचार्यले विगतदेखि नक्कली प्रमाणपत्र वाहक चिकित्सकहरुमाथि भइरहेको अपरेशनकै निरन्तरतामा विभिन्न व्यक्तिहरु पक्राउ परेको बताइन् ।

स्रोतका अनुसार, ब्युरोले १५ जना चिकित्सकलाई निगरानीमा राखेको थियो । तीमध्ये ७ जना पक्राउ परेकामा शर्मालाई अदालतले थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।