भोजपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास

टक्सार (भोजपुर), २६ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भोजपुरको एक मात्र विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल तथा कन्ट्रोल टावर भवनको शिलान्यास गर्नुभएको छ ।

भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको विमानस्थलमा बन्न लागेको भवनको मन्त्री किराँतीले शुक्रबार मुन्दुम तथा सनातन विधिअनुसार शिलान्यास गर्नुभएको हो ।

सो क्रममा उहाँले सुविधा सम्पन्न टर्मिनल भवन निर्माणसँगै आगामी दिनमा ठूला जहाज उडानका लागि पहल गर्दै लानुपर्ने बताउनुभयो । एक जनाले मात्र सुविधा पाए पनि पहाडी विमानस्थलहरू सुविधा सम्पन्न हुनुपर्ने मन्त्री किरातीको भनाइ छ । नेपाल वायुसेवा निगमले अन्य क्षेत्रमा देखिएका विकृति विसङ्गति अन्त्यका लागि पनि प्रभावकारी भूमिका निर्वाह गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

आरवी उर्वन बिल्डर्स एण्ड सप्लायर्स प्रालिले निर्माण गर्न लागेको भवनको कूल लागत रु पाँच करोड ४५ लाख रहेको नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । आगामी डेढ वर्षभित्रमा निर्माण कार्य सम्पन्न हुने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुने भवन एक सय जनाले एकै पटक उपयोग गर्न सक्ने छन् ।

पहाडी क्षेत्रहरूमा सञ्चालन भई विमानस्थलबाट नाफा नभए पनि सेवा मात्र दिने कार्य भइरहेको बताउँदै महानिर्देशक अधिकारीले ५५ विमानस्थलमध्ये हाल ३३ वटा मात्र सञ्चालनमा आएको बताउनुभयो ।

भोजपुर विमानस्थलको कूल क्षेत्रफल एक सय ३२ रोपनी रहेको छ भने पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको धावनमार्ग छ । भोजपुरमा हाल नेपाल वायुसेवा निगमको जहाजले मात्र भोजपुर–काठमाडौँ उडान गर्दै आइरहेको छ । करिब ४५ वर्षदेखि सञ्चालनमा आएको विमानस्थलको धावनमार्ग २०७४ सालमा कालोपत्र भएको थियो ।

शिलान्न्यासका क्रममा भोजपुरबाट निर्वाचित कोशी प्रदेशसभा सदस्य बिनोद बान्तवा र भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले भवन निर्माणसँगै भोजपुर जस्तो दुर्गम जिल्लाका नागरिकहरूले अझै प्रभावकारी सेवा पाउने बताउनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।