खुला दिसामुक्त क्षेत्रमै छैन सार्वजनिक शौचालय

कञ्चनपुर – कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बजार क्षेत्रमै सार्वजनिक शौचालय नहुँदा शौच गर्नलाई समस्या हुने गरेको सर्वसाधारणको गुनासो छ ।

भीमदत्त नगरपालिका–४ मिनी मार्केटका व्यवसायी दुर्गादत्त भट्टले सार्वजनिक शौचालयको अभाव हुँदा शौच गर्न सास्ती भोग्नुपरेको बताउनुभयो । ‘यहाँ सार्वजनिक शौचालय छैन, पालिकालाई पटक पटक गुहार गर्दा पनि माग सुनुवाइ नै भएन’, उहाँले भन्नुभयो, ‘हामी व्यापारी र पसलमा आउने ग्राहकलाई शौच गर्न निकै समस्या छ ।’

यहाँका व्यापारीले शौच गर्नका लागि आफैँले अस्थायी शौचालय बनाएका छन् । बर्खामा मिनी मार्केट रहेको क्षेत्र डुबानमा पर्ने हुनाले शौचालय जानै मुस्किल पर्ने गरेको उहाँको गुनासो छ । ‘हामीले पसल थापेको यो क्षेत्र बर्खामा जलमग्न हुन्छ, अस्थायी बनाइएको चर्पी पनि भत्काउँछ’, उहाँले भन्नुभयो, ‘हामीले शौच गर्न कहाँ जाने ?’

मिनी मार्केटमा ४३ जना व्यवसायीले व्यवसाय सञ्चालन गरेका छन् । पटक पटक आग्रह गर्दा पनि भीमदत्त नगरपालिकाले शौचालय निर्माण नगरेको जनाउँदै उनीहरूले विरोधस्वरूप पालिकालाई कर तिरेका छैनन् । ‘पालिकाले हाम्रो शौचालयको अभावको समस्या सुनेन, साउन १५ गतेदेखि कर बुझाएका छैनौँ”, व्यावसायी जयसिंह भण्डारीले भन्नुभयो, ‘तत्काल यहाँ शौचालय निर्माण गरिनुपर्छ ।’

यहाँ व्यापार गरेबापत व्यापारीले पालिकालाई प्रत्येक दिन ५० रुपैयाँ कर तिर्दैै आएका थिए । विसं २०७४ पुसमा कञ्चनपुर खुला दिसामुक्त जिल्ला घोषणा भको थियो । खुला दिसामुक्त घोषणा गरिएको छ वर्ष बित्नै लाग्दा पनि अझै महेन्द्रनगर बजार क्षेत्रमा पर्याप्त सार्वजनिक शौचालय निर्माण हुन सकेको छैन ।

अर्कोतर्फ बजार क्षेत्रमा भएका शौचालय पनि मर्मतको अभावमा जीर्ण बन्दै गएका छन् । सार्वजनिक शौचालय फोहरले दुर्गन्धित रहेको सर्वसाधारणको गुनासो छ । खुला दिसामुक्त घोषणा भएको जिल्लाको बजार क्षेत्रमै सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण खुला ठाउँमै शौच गर्न बाध्य छन् । जसले बजार क्षेत्र दुर्गन्धित बन्दै गएको र रोग फैलिने जोखिम बढेको छ ।

‘सार्वजनिक शौचालय नभेटेपछि होटेल छिर्नुबाहेक विकल्प छैन’, स्थानीयवासी रोशन थापाले भन्नुभयो, ‘कतिपय सर्वसाधारण झाडी तथा खुलारूपमै शौच गर्न बाध्य छन् ।’ बजार क्षेत्रको ठाउँ ठाउँमा सार्वजनिक शौचालय निर्माण हुनुपर्ने उहाँको भनाइ छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।