पत्नी सीताको मृत्युको महिनादिनमा प्रचण्ड चितवनमा

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन आएका छन् । उनी कुनै पनि औपचारिक कार्यक्रम बिना हिजो चितवन आएका हुन् ।

उनी हिजो आएर शिवनगर स्थित निजी निवासमा बसेका छन् । पत्नी सीता दाहालको निधन भएको आज महिना दिन भएको छ । उनी पत्नीको मृत्युपछि महिनादिनको शुद्धीकरण गर्न चितवन आएको बुझिएपनि जिल्ला स्थित पार्टीका कुनै संयन्त्रले यसबारे पुष्टि गरेका छैनन् ।

माओवादी निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालका केन्द्रीय सदस्य प्रकाश ज्ञवालीले उनी नितान्त पारिवारिक भेटघाटमा चितवन आएको बताए ।

प्रधानमन्त्रीले सचिवालयको सदस्य समेत नलिइ आउनुभएको छ, उनले नेपाल प्रेससँग भने ।यद्यपि पत्नी सीताको मृत्युपछिको महिनादिनको कुनै धार्मिक काम गर्न आए नआएकोबारे जानकारी नभएको बताए ।

चितवन आएपछि गएराति अबेर गरि युवा दिवसको अवसरमा एउटा कार्यक्रम भने तय गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।