स्वास्थ्य भवनदेखि बार्दली रेष्टुरेन्टसम्मको अनधिकृत संरचनामा डोजर लगाउँदै महानगर

काठमाडौं, साउन २७ । काठमाडौं महानगरपालिकाले धोबीखोला करिडोरस्थित स्वास्थ्य भवनदेखि बार्दली रेष्टुरेन्टसम्मको अनधिकृत संरचनामा डोजर लगाउने तयारी गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० थापागाउँस्थित धोबीखोला करिडोरमा १ रोपनी बढी सरकारी जग्गा हडपेर बनाइएका अनधिकृत संरचनामा महानगरले डोजर लगाउन लागेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधि, नापीका प्रतिनिधि र स्थानीयको उपस्थितिमा सरकारी जग्गा छुट्याउने काम भइसकेको छ ।

स्वास्थ्य लाइभले स्वास्थ्य भवनदेखि बार्दली रेष्टुरेन्टसम्मको सरकारी जग्गा हडपेर भाडा खाइरहेको तथ्य सार्वजनिक गरेपछि वडा कार्यालय तातिएको हो । वडा सदस्य सतिश तण्डुकार ती अनधिकृत संरचनामा एक दुई दिनभित्र डोजर लाग्ने बताए ।

वडा सदस्य तण्डुकार, नरोज अर्याल, वडा सचिव सुवोध खड्कासहित वडाका प्रतिनिधिहरूको सहभागिता रेखाङ्कनको काम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० को सिट नम्बर १०२-११४६-०६ को कित्ता नम्बर ४१२, २८९, २९०, २६४ र ४ नम्बर कित्ताको सरकारी जग्गा महानगरले छुट्याएको हो ।

त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठको अग्रसरतामा ती सरकारी जग्गा खोज्ने कार्य भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।