३ सन्तान रहेको खुलेपछि पछि गुप्ता मेयर पदबाट बर्खास्त

एजेन्सी । भारतको बिहारकी एकजना स्थानीय महिला नेतृ राखी गुप्ता चर्चामा आएकी छिन् । उनी बिहारको छपरा नगर निगमकी मेयर थिइन् । तर उनका तीनजना सन्तान भएको खुलासा भएसँगै मेयरको कुर्सी गुमेको छ ।

उनले निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी मनोनयनपत्र दर्ता गर्दा आफ्ना २ जनामात्रै सन्तान रहेको उल्लेख गरेकी थिइन् । तर उनको तेस्रो सन्तानपनि रहेको उजुरी परेपछि त्यसको छानबिन गर्ने क्रममा उनले मनोनयन पत्रमा आफ्नो तेस्रो सन्तानको विवरण लुकाएको पुष्टि भयो ।

अतः निर्वाचन कानुन अनुसार उनलाई मेयर बन्न अयोग्य घोषित गरेसँगै उनको मेयर पद गुमेको हो । गत सन् २०२२ को डिसेम्बरमा छपरा नगर निगमबाट उनले मेयरको चुनाव जितेकी थिइन् । चुनावमा उम्मेदवारी दर्ता गर्ने क्रममा उनले मनोनयनपत्रमा आफ्ना २ जनामात्रै बच्चा रहेको उल्लेख गरिन् ।

SPA college
तर उनीविरुद्ध सोही नगर निगमकी पूर्व मेयर सुनिता देवीले उजुरी दिएपछि स्थानीय घटनादर्ता कार्यालयबाट मगाइएको कागजातमा भने उनको तेस्रो सन्तान पनि रहेको पुष्टि भयो । जुन विवरण उनले निर्वाचन कार्यालयमा लुकाएकी थिइन् ।

अन्ततः निर्वाचन आयोगले पाँच महिनाको सुनुवाई पश्चात् गतहप्ता फैसला गर्दै बिहार नगरपालिका अधिनियम २००७ अनुसार राखीलाई मेयर पदका लागि अयोग्य ठहर गरेको हो । उक्त कानूनको धारा १८(१० ९एम० अनुसार सन् २००८ को अप्रिल ४ यता यदि कोही मानिसले तेस्रो सन्तान जन्माएको भएमा ऊ नगरपालिका निर्वाचनमा कुनै पनि पदमा चुनाव लड्न अयोग्य बन्दछ ।

साथै उक्त कानूनमा प्रष्ट रुपमा केही भनिएको छ भने यदि दुईभन्दा बढी सन्तान भएका दम्पतीले आफ्ना बच्चा अरुलाई धर्मसन्तानको रुपमा दिए पनि जन्मदातालाई नै जैविक मातापिता मानिन्छ । अर्थात् बच्चा कानूनी रुपमा अरुलाई दिए पनि तीनभन्दा बढी सन्तान जन्माउने महिला तथा पुरुषहरू चुनाव लड्न अयोग्य हुनेछन् । तर एकैपटकमा जुम्ल्याहा वा त्यसभन्दा धेरै सन्तान जन्मिएको हकमा चाहिँ नियम खुकुलो पारिएको छ ।

उता बर्खास्तगीमा परेकी मेयर राखी गुप्ताले भने आफ्नो तेस्रो बच्चा आफुले एक निसन्तान नातेदारालई लिखित रुपमै धर्मसन्तानको रुपमा दिएको हुँदा कानुनीरुपमा आफ्ना दुई बच्चा मात्र रहेको र निर्वाचन आयोगको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने जनाएकी छिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।