अज्ञात समूहद्वारा क्यानका कार्यवाहक सचिव पाठकमाथि छ्यापियो मोबिल

काठमाडौ । मकवानपुरमा नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्यापिएको छ।

शनिबार बिहान हेटौंडामा जिल्ला क्रिकेट संघ मकवानपुरको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन पुगेका पाठकमाथि अज्ञात समूहले मोबिल छ्यापेका हुन्।

स्कुटरमा आएका दुई जनाले पाठक खाना आइरहेको बेलामा मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेक कार्कीले जानकारी दिए।

‘खाना खाइरहेको बेलामा आएका दुई जनाले छ्यापेर भागेका छन्,’ उनले भने।

केही मोबिल पाठकको कपडामा लागेको छ।
घटनापछि प्रहरी कार्यालयमा पाठकले निवेदन समेत दिएका छन्। मोबिल छ्याप्ने व्यक्तिहरूको पहिचान नखुले पनि सिसिटिभी फुटेज भेटिएको छ।
प्रहरीले फुटेजको आधारमा उनीहरूको खोजी गरिरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।