बेपत्ता रेशिकाको शव गाडिएको अवस्थामा फेला

तेह्रथुम, (संक्रान्ति) । तेह्रथुमको आठराई गाउँपालिका १ सङ्क्रान्ति बजारमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । दुई साता अघिदेखि बेपत्ता भएकी स्थानीय रेशिका श्रेष्ठको शव फेला परेको हो ।

गएको साउन १४ गते २४ वर्षीया रेशिका घरबाट बेपत्ता भएकी थिइन् । आज दिउँसा रेशिकाको शव आफ्नै घरनजिकै गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छिपिञ्जो भोटेले जानकारी दिए ।

घरायसी विवादपछि घर छोडेर भागेको भन्दै उनका श्रीमान् राजकुमार श्रेष्ठ पनि यही २४ गतेदेखि बेपत्ता भएका छन् । श्रीमान् श्रीमती नै एकाएक हराएपछि रेशिकाको माइतीले खोजीका लागि इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारमा खबर गरेका थिए ।

फरार श्रेष्ठको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । होटल व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठ दम्पतीको ६ वर्षीया छोरीसमेत रहेको वडाध्यक्ष प्रेमराज लिम्बुले बताए ।-न्यूज संजाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।