लमजुङ जिप दुर्घटनाका १० घाइतेलाई उपचारका लागि चितवन पठाइयो

लमजुङ । लमजुङको राइनासमा जिप दुर्घटना हुँदा घाइते भएका १० जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ। राइनास नगरपालिका-८ कटहरबारीको घुम्ती जोगीडाँडामा ग१ज ६३६९ नम्बरको यात्रुवाहक जिप शनिबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएकोमा १० जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित एलाइभ हस्पिटलमा पठाइएको छ।

घाइतेमध्ये दुई जनाको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर चालक सुन्दरबजार नगरपालिका–९, बगैंचाका ३० वर्षीय पुरन गुरुङ र भानु नगरपालिका(८, तनहुँका २९ वर्षीया शान्ति तामाङको बायाँ हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

राइनास नगरपालिका–९, बगुवाका ३७ वर्षीय झलक गुरुङ, भानु नगरपालिका–८ का ४९ वर्षीय शक्ति भन्ने सत्यबहादुर तामाङ, दूधपोखरी गाउँपालिका–४ घर भई हाल सुन्दरबजार नगरपालिका–७ साकाहलेका ६७ वर्षीय

सन्तबहादुर तामाङ, सुन्दरबजार नगरपालिका–९, फेदीकुनाका ५० वर्षीय धनश्री तामाङ, भरतपुर महानगरपालिका–२, क्षेत्रपुरका ४० वर्षीय पञ्चमाया लामा, सुन्दरबजार नगरपालिका–९, फूलबारीका ३८ वर्षीय लालमाया तामाङ,

फेदीकुनाका ४२ वर्षीय सुमन गुरुङ र भानु नगरपालिका८ का ४५ वर्षीय मुना लामा रहेका छन्। तामाङ र लामा समुदायकाहरू अर्घुंममा गएर फर्किका रहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।