श्रीमान् विदेश गएको मौका छोपी तीन छोरा छाडेर श्रीमती बेपत्ता भएपछि…

बिर्तामोड । श्रीमान् वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका बेला तीन छोरालाई छोडेर एक महिला नौ दिनदेखि बेपत्ता भएकी छिन् ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १० स्थित कालिस्थान घर भएकी २६ वर्षीया कविता राजवंशी नौ दिनदेखि बेपत्ता भएकी हुन् ।गत साउन १७ गते बिर्तामोड कपडा किन्न जाने भनेर हिँडेकी कविता घर नफर्किएपछि परिवारले वैदेशिक रोजगारीको सिलसिलामा ८ महिनाअघि बहराइन पुगेका श्रीमान् ३० वर्षीय सुरेश राजवंशीलाई खबर गरेका थिए । मङ्गलवार घर आइपुगेका सुरेशले भौतारिदै श्रीमतीको खोजी गरिरहेका छन् । तर, श्रीमतीको कुनै अत्तोपत्तो लागेको छैन ।

कविताका परिवारले उनी बेपत्ता भएपछि खोजी गरिदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोड, अर्जुनधारा–११ स्थित गोलधाप प्रहरी चौकी, काँकडभिट्टास्थित माइती नेपाल र भारतको सिलगुडीस्थित एक गैरसरकारी संस्थामा निवेदनसमेत दिएको सुरेशका ठूलोबुबा खगेन्द्र राजवंशीले बताए ।

९ जनाको परिवार रहेको घरमा कसैसँग पनि विवाद नभएको र श्रीमानलाई विदेश पठाउँदा चलाएको ऋण एक लाख १४ हजार रुपैयाँ हिँड्नुभन्दा अघिल्लो दिन (मङ्गलवार) कविता आफैले तिरेको ठूलोबुबा खगेन्द्रले जानकारी दिए । उनका अनुसार कविताका साथमा आधा तोला सुन र २५/३० हजार जति रुपैयाँ मात्र थियो ।

एक वर्ष दुबई बसेर आएका सुरेश घरमै रहेर मिस्त्री काम गरिरहँदा श्रीमतीकै सल्लाह अनुसार आठ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएका थिए । उनका अनुसार बिर्तामोड–५ जात्रुवाडी माइती रहेकी कविताको बारेमा माइती पक्षलाई पनि केही थाहा छैन । माइती पक्षले पनि कविताको खोजी गरिरहेको छ । सुरेश र कविताका कक्षा ५ मा अध्ययनरत १२ वर्षीय एक र ५ वर्षका जुम्ल्याहा २ जना एलकेजीमा अध्ययनरत छोरा रहेको बताइएको छ । श्रीमान् सुरेशले कहीँतकै कवितालाई कसैले देखे भेटे नजिकैको प्रहरी कार्यालयका खबर गरिदिन आग्रह गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।