ओलीलाई भेट्न पुगे दुई छोरी, अर्को महिना लुगा किनिदिने

काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेका ठिन्ले साङ्मु लामा र छिरिङ लामा उनलाई भेट्न बारम्बार गइरहन्छन् । ओलीले ठिन्ले र छिरिङलाई ‘छोरी’ भनेर सम्बोधन गर्छन् ।

शनिबार स्कूल बिदाको दिन पारेर मुगु स्थायी ठेगाना भएका उनीहरु आफूलाई भेट्न आइरहने ओलीले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

‘शनिबार स्कूल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई भेट्न आइरहन्छन्’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज पनि आएका थिए। बालाई भेट्न आएको नि भन्दै आज घुम्न जाने भन्दै थिए। तर मेरो फूर्सद मिलेन । घरमा आमासँग भिडियो कल गर्ने भने । उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो । केही समय यिनीहरुसँग कुरा गरेर बिताएँ।’

ओलीले उनीहरुले राम्रोसँग पढ्छु भनेको भन्दै प्रसन्नता पनि व्यक्त गरेका छन्। ओलीले उनीहरूका लागि अर्को महिना लुगा किनिदिने पनि बताएका छन् । ‘अर्को महिनामा लुगा किन्न जाने कुरो भएको छ । खुशी छन् छोरीहरु’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।