रेशिकाको हत्या आरोपमा श्रीमान राजकुमार पक्राउ

संक्रान्ति । श्रीमती हत्या आरोपमा आठराई गाउँपालिका १ डाँडागाउँका राजकुमार श्रेष्ठ झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् । २६ वर्षीया श्रीमती रेशिका श्रेष्ठ (दमन्ता) को हत्या गरेको आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिबार अपराह्न ४ बजे पक्राउ गरेको हो ।

काँकडभिट्टाको एक होटलमा लुकीछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजन चापागाईँले बताए । श्रेष्ठलाई आइतबार तेह्रथुम ल्याइने प्रहरीले जनाएको छ । गत साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सँगुरको खोरमा गाडेको अवस्थामा शनिबार फेला परेको थियो ।

घटनापछि श्रेष्ठका श्रीमान राजकुमार साउन २४ गतेदेखि सम्पर्कविहीन थिए । गाडेको अवस्थामा शव फेला परेपछि प्रहरीले झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा निगरानी बढाएको थियो । प्रहरीले श्रेष्ठको हत्या श्रीमानबाटै भएको हुनसक्ने भन्दै राजकुमारको खोजी गरिरहेको थियो । श्रेष्ठ दम्पतीका ७ वर्षीया एक छोरी छन् । स्थानीयहरूका अनुसार रेशिका बेपत्ता भएको केही दिनपछि राजकुमारले आफ्नी श्रीमती झापामा आफन्तको घरमा रहेको भन्दै उनको खोजी नगर्न छिमेकी र प्रहरीलाई जानकारी गराएका थिए । श्रीमतीसहित सम्पर्कमा ल्याउनु भन्दै त्यसपछि आठराई प्रहरीले श्रेष्ठलाई छाडेको थियो ।

गत साउन २४ गते बिहानैदेखि राजकुमार सम्पर्कविहीन भएका थिए । उनी आफूले प्रयोग गर्ने मोटरसाइकलसहित घरबाट सम्पर्कविहीन भएपछि प्रहरी, स्थानीय र माइती पक्षले खोजी कार्य तीव्र पारेका थिए । सोही क्रममा रेशिकाको शव गाडेको अवस्थामा फेला परेको हो । उनको शव गलेको अवस्थामा उत्खनन् गरी प्रहरीले शनिबार निकालेको हो । श्रेष्ठको शव शनिबार आफ्नै पसल पछाडि सुँगुरको खोरमा प्लाष्टिकमा बेरेर गाडेको अवस्थामा भेटिएको थियो ।

शनिबार नै घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक छेफिन्जो भोटेको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको छ । घटनास्थल र शवको प्रकृति हेर्दा श्रीमानले नै हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीको अनुमान छ । श्रेष्ठ दम्पतीबीच बारम्बार झगडा भइरहने गरेको स्थानीयले बताएका छन् । -इकान्तिपुरबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।