वडा अध्यक्ष देवकोटा माथि कुटपिट, अस्पताल भर्ना
कन्चनपुर । कञ्चनपुरमा एक वडाध्यक्ष कुटिएका छन् । शनिबार जिल्लाको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि कुटपिट भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले राष्ट्रिय युवा संघ नेपालको आन्तरिक किचलोका कारण देवकोटामाथि कुटपिट भएको जानकारी दिए । उनका अनुसार युवा संघको जिल्ला अधिवेशनमा लफडा भएपछि कुटपिट भएको हो ।
कुटिएका देवकोटाको टाउकोमा चोट लागेको बताइएको छ । एसपी थापाले अहिले देवकोटाको पक्षबाट ८ जनाविरुद्ध उजुरी आएको र उनीहरुको खोजी सुरु गरिएको बताए। चोट लागेका देवकोटालाई भने धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका लागि ल्याइएको उनको भनाई छ ।
संगठनभित्रको विवादका कारण कुटपिट भएको भनिएपनि घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


