बल्खु खोलाको बीचमा अड्किएका दुई बालकको उद्धार

काठमाडौं, साउन २८ । कामाडौंको कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्रस्थित बल्खु खोलाको बीच भागमा बाढी आएर अड्किएका दुई बालकको प्रहरीले उद्धार गरेको छ ।

शनिबार दिउँसो पौडी खेल्न गएका बेला एक्कासि बाढी आएर बीच भागमा अड्किएका उनीहरुलाई ट्युब र डोरीको सहयोगमा उद्धार गरिएको प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

उद्धार गरिएकामा नुवाकोट घर भई काठमाडौंको कलङ्की बस्ने ११ वर्षीय सुमित आचार्य र बर्दिबास घर भई सोही ठाउँ बस्ने रिदम अधिकारी रहेका छन् ।

उनीहरु साथीहरुसँगै बल्खु खोलाको ‘जिरो प्वाइन्ट’ भन्ने स्थानमा पौडी खेल्न गएका थिए । पौडी खेल्दै गर्दा बाढी आएपछि साथीहरु बाहिर निस्किएको र उनीहरु भने खोलाको बीचमा थोरै उठेको भागमा अड्किएर बसेका थिए । उक्त सूचना प्राप्त भएपछि कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उद्धार गरेको लामाले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।