यसरी जलाउँदै गरेको शव बाढीले बगायो, मलामीको भागाभाग

विराटनगर । मोरङमा जलाउँदै गरेको शव खोलाले बगाएको छ । बेलबारी नगरपालिका–३ का मेघराज कोइरालाकी आमा लीला माया कोइरालाको शव अन्तिम दाहसंस्कार गर्दै गर्दा खोलामा आएको बाढीले बगाएको हो ।

शनिवार दिउँसो ३ बजेतिर लोहान्द्रा खोलामा जलाउँदै गरेको शव बाढीले बगाएको कोइरालाका छिमेकीसमेत रहेका बेलबारी जेसिजका अध्यक्ष विपिन आचार्यले बताए । दागबत्ती दिएर जलाउने क्रममा खोलामा आएको बाढीले शव बगाएपछि मलामीको समेत भागाभाग भएको छ ।

उनका अनुसार खोलाले बगाएको शव पुनः खोजेर गाँडिएको थियो । प्रहरी र स्थानीयले शव खोजेर आफन्तलाई जिम्मा लगाएका थिए । त्यसपछि पुनः उनको अन्तिम संस्कार गरिएको हो । ‘लोहान्द्रा खोलामा शवमा आगो मात्रै लगाएका थियौं । आगो लगाएको १५ मिनेट मै बाढीले बगाइहाल्यो,’ उनले भने, ‘शव खोज्दै जाँदा सुन्दरहरैचास्थित कुमार गाउँको छेउमा भेटियो । शवलाई ल्याएर राति जंगलमा खाल्डो खनेर पुरेका छौं ।’

जल्दै गरेको शव बगाएपछि स्थानीयले भने बेलबारी नगरपालिकाप्रति आक्रोश पोखेका छन् । घाट नबनाएको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् । बेलबारी नगरपालिकाले अहिलेसम्म कतै पनि घाटको बनाएको छैन । घाट नबनाएको नगरपालिकाले बेलबारी–२ मा भने भ्युटावर बनाइरहेको छ ।

जलाउँदै गरेको शव खोलाले बगाएपछि मेयर दिलप्रसाद राई (डीपी)ले घाट बनाउन बजेटको व्यवस्था गरेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘बेलबारी नगरपालिका वडा नं ३ निवासी मेघराज कोइरालाज्यूकी ममतामयी माताको अन्तिम संस्कार गरिरहँदा बाढीले बगाएको अत्यन्त दुखद् खबरले मर्माहत बनायो । यही घाट व्यवस्थित गर्न यो आवमा ७० लाख बजेट परेको छ । सबैको सहभागितामा योजना सफल गरेर फेरि यस्तो घटना रोकौँ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।