बाख्रा चराउंदा भीरबाट लडेर बालिकाको मृत्यु
धनगढी । डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका ५ लानाकी १३ वर्षीया समिक्षा मल्लको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय गणेशराज जोशीका अनुसार केदारेश्वर माध्यामिक विद्यालयमामा अध्ययनरत उनी शनिवार बाख्रा चराउन गएकी थिइन् ।
बाख्रा चराउन गएकी उनको भिरबाट लडेर मुत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीलाई घटनाको बारेमा सूचना छैन ।


