एस्पायर कलेज बिराटनगरका बिद्यार्थीहरु ४ जिपिए सहित शत प्रतिशत उत्तीर्ण

विराटनगर । बिराटनगर १४ मा अवस्थित काठमाडौ बिश्वबिद्धालय, एस्पायर कलेज बिराटनगरमा संचालित ब्याचलर इन टेक्निकल एजुकेशन आइ टि मा अध्यनरत बिद्यार्थीहरुले ४ जिपिए सहित शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।

गत असार मा काठमाडौ बिश्वबिद्धालय बाट संचालित प्रथम बर्ष प्रथम सेमेस्टरको परिक्षाको नतिजा सार्वजनिक भए सगै बिद्यार्थीहरुले यो सफलता प्राप्त गर्न सफल भएका हुन ।

कलेजका बिद्यार्थीहरु तुसार गणेश , कृतिज्ञा कटवाल , सुशान्त नेपाल , दीक्षा राई र गौरव दाहालले ४ जिपिए प्राप्त गर्न सफल भएका छन भने ८ जना बिद्यार्थीहरुले ३.९ भन्दा बढी जिपिए ल्याएको र बाकी बिद्यार्थीहरुले ३.२४ भन्दा माथि जिपिए ल्याएर उत्तीर्ण भएका छन ।

यसरी उत्कृष्ट अङ्क सहित उत्तीर्ण तुसार गणेशले यो आफूहरुको मात्र सफलता नभएर कलेज प्रशासनको समेत महत्वपूर्ण योगदानका कारण आफुहरु सफल हुन सकेको बताए ।

त्यस्तै कृतिज्ञा कटवालले बिद्यार्थी मैत्री सिकाइ बातावरण भएका कारण छोटो समयमा नै आफुहरुमा अध्य्यन प्रती रुचि जागेको र कक्षाका सम्पुर्ण बिद्यार्थीहरु उच्च जिपिएका साथ उतिर्ण हुन सफल भएको बताइन् ।

कलेजका कोअर्डिनेटर इन्जिनियर खेमनाथ खतिवडाका अनुसार काठमाडौ बिश्वबिद्धालयको उत्कृष्ट शिक्षण विधि तथा बिद्यार्थीहरुको सामुहिक तथा ब्यक्तिगत मेहेनतका कारण ठूलो सफलता हात लागेको हो । साथै सुचना प्रबिधि बिषय प्रती बिद्यार्थीहरुको उच्च लगावले गर्दा नतिजामा प्रभाव परेको उहाँको भनाइ छ ।

कलेजका प्रधानाध्यापक चिन्तामणी बस्नेतले जनाए अनुसार कलेजले गर्ने हरेक गतिविधिलाई प्रयोगात्मक कार्यमा बढी फोकस गरिएको छ , साथै बिद्यार्थीको सिकाइका लागि आवश्यक भौतिक पुर्वाधारमा बिशेष ध्यान दिइएको छ , साथै काठमाडौ बिश्वबिद्धालयबाट समय समयमा आउने प्राध्यापकहरुको गाइडेन्स पनि सफलताको कडिका रुपमा स्थापित भएर पहिलो बर्षमा नै उत्कृष्ट नतिजा दिन सफल भएको जानकारी दिनु भयो ।
साथै परीक्षा भएको एक महिना नबित्दै नतिजा आउनु पनि बिद्यार्थीलाई थप हौसला मिलेको बस्नेतले जानकारी दिनु भयो । यो प्रथम सेमेस्टरको परिक्षाको नतिजाले एक खुड्किलो पार गरेको मात्रै हो र बाकी सेमेस्टरमा पनि अझ उत्कृष्ट नतिजाका लागि तयारी हुन समेत बिद्यार्थीहरुलाइ हौसला प्रदान गर्नु भयो ।

काठमाडौ बिश्वबिद्धालयको साझेदारीमा संचालित एस्पायर कलेजमा होटल म्यानेजमेन्ट र ब्याचलर इन टेक्निकल एजुकेशन आइ टि मा यस बर्षका लागि समेत भर्ना प्रक्रिया सुरु गरिएको र उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्नका लागि बिद्यार्थीहरु भर्ना प्रक्रियामा सामेल हुन सक्ने क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।