उदयपुरगढी गाउँपालिका–६ मौवासीखोला पुलनजिकै पहिरो,मदन भण्डारी राजमार्ग अवरुद्ध

कटारी (उदयपुर), २८ साउन : अविरल वर्षासँगै पहिरो गएपछि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड अवरुद्ध भएको छ । उदयपुरगढी गाउँपालिका–६ मौवासीखोला पुलनजिकै पहिरो गएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक रविन कार्कीका अनुसार पहिरोका कारण आज बिहानैदेखि सडक पूर्णरुपमा अवरुद्ध छ । “वर्षा निरन्तर भइरहेको छ, सडक खुलाउन बाधा पुगेको छ”, उहाँले भन्नुभयो । पहिरोले ५० मिटरभन्दा बढी सडक बगाएको छ ।

सडक अवरुद्ध भएपछि पूर्वबाट आएका सवारीसाधनलाई गाईघाटदेखि लहानहुँदै, बर्दिवासतर्पm पठाउन थालिएको छ । यस्तै पश्चिमबाट पूर्वतर्फ आएका सवारीसाधनलाई कटारीबाट सिरहाको मिर्चैया हुँदै पठाउन थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।