इमाडोलमा साझा यातायातको ठक्करबाट ओखलढुंगाका ५ वर्षीय बालकको मृत्यु

काठमाडौं, ललितपुरको इमाडोलमा साझा यातायातको बसले ठक्कर दिँदा ५ वर्षीय बालकको मृत्यु भएको छ।शनिबार दिउँसो महालक्ष्मी नगरपालिका-४ इमाडोलमा बसले पैदल हिँडिरहेका आमा-छोरालाई ठक्कर दिएको हो।

बा.५ ख ८७५२ नम्बरको बसले उनीहरूलाई ठक्कर दिएको थियो।ठक्करबाट ओखलढुंगा घर भई महालक्ष्मी-८ लुभु बस्ने ४५ वर्षीया बबिता मगर माझी र उनका ५ वर्षीय छोरा प्रियास घाइते भएका थिए।घटनापछि प्रहरीले उनीहरू दुबैलाई किष्ट मेडिकल अस्पतालमा पुर्‍याएको थियो। त्यहाँ उपचारको क्रममा प्रियासको मृत्यु भएको हो।

आमा बबिताको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले महालक्ष्मी नगरपालिका-६ चाँगाथली बस्ने ४७ वर्षीय चालक तहलबहादुर जिरेल पक्राउ परेका छन्। यस्तै बसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त सातदोबाटोले घटनाको अनुसन्धान गरिरहेको छ।

घटनापछि आइतबार साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले समवेदना जारी गर्दै घटनाको अनुसन्धानमा सघाउने बताएको छ। ‘बस दुर्घटनाको सन्दर्भमा प्रहरी प्रशासनको अनुसन्धान गरिरहेको सन्दर्भमा साझा यातायातले पूर्ण सहयोग गर्नेछ,’ अध्यक्ष दीक्षितले भनेका छन्, ‘दुर्घटनामा परी मृत्यु भएका बालकप्रति साझा यातायात भावपूर्ण श्रद्धान्जली प्रकट गर्दै मृतकका परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।