भोजपुरका ठाउँ ठाउँमा बर्सातले सडक बिग्रँदा जनजीवन कष्टकर

भोजपुर, २८ साउन (रासस) : निरन्तरको बर्सातले पूर्वी पहाडी जिल्ला भोजपुरका ठाउँठाउँमा बाढीपहिरो जाँदा जनजीवन कष्टकर बनेको छ । सडक हिलाम्य हुँदा ग्रामीण भेगमा नुन, तेल, चामललगायत खाद्य वस्तुको समेत अभाव हुन थालेको स्थानीयको भनाइ छ ।

सदरमुकामबाट ग्रामीण भेगसम्म पुग्ने प्रायः सबै सडक बिग्रिएकाले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको समेत अभाव भएको टेम्केमैयुङ गाउँपालिकाका स्थानीय लोकबहादुर मगरले बताउनुभयो । बाढीले सडक बगाएकाले आपत्विपत् तथा बिरामी हुँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

“निरन्तरको झरीले गाउँको जनजीवन प्रभावित बनेको छ”, उहाँले भन्नुभयो, “नुन, तेल तथा खाद्य साम्रग्री गाउँघरका पसलमा नपाउने अवस्था छ । बर्सातले सबै बाटो बगाएकाले बिरामीलाई अस्पतालसम्म पु¥याउन सक्ने अवस्था छैन ।”

भोजपुर सदरमुकामबाट हतुवागढी, रामप्रसादराई, साल्पासिलिछो र आमचोक गाउँपालिका तथा षडानन्द नगरपालिकाका विभिन्न ठाउँमा बाढीपहिराका कारण यातयात सेवा सञ्चालनमा समस्या भएको व्यापारी शिवकुमार विष्टले जानकारी दिनुभयो । बर्सातले सडक अवरोध हुँदा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न नसकेको उहाँको भनाइ थियो । “बर्सातले ग्रामीण भेगको जनजीवन प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “निरन्तरको झरीले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या छ । सडक ठाउँठाउँमा पहिरा गएकोले हप्तौँबाट सामग्री ढुवानी गर्न सकिएको छैन ।”

अविरल वर्षाका कारण बारीमा बेच्न तयार भएका तरकारी कुहिएर जान थालेको पौवादुङका कृषक धनकुमार राईले बताउनुभयो । “बर्सातले कृषकहरुलाई थप समस्या थपिएको छ”, उहाँले भन्नुभयो, “उत्पादन भएको तरकारी बजारसम्म पु¥याउन नसक्दा बारीमा कुहिएर जान थालेका छन् ।” लेकाली भेगमा उत्पादन भएको आलु कुहिएर नष्ट भएको कृषक लाक्पा शेर्पाको भनाइ छ । बजारमा लगेर बिक्री गर्ने समयमा बर्सातले बाटो बिग्रिएपछि आलु कुहिएको उहाँले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।