बगेर बेपत्ता भएका पुरुष मृत फेला
दाङ – आज आइतवार बिहान दाङको पत्रे खोलामा बगेर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । घोराही उपमहानगरपालिका–११ झमरेका ६४ वर्षीय तिलकराम विक मृत भेटिएका प्रहरीले जनाएको छ ।
शौच गर्न गएका विक बिहान साढे ८ बजे पत्रे खोलामा बगेर बेपत्ता भएका थिए । उहाँकाे शव झन्डै नाै किलाेमिटर टाढा फेला परेकाे प्रहरीले जनाएको छ ।
खबर पाएलगत्तै खोजीमा जुटेको प्रहरीले दिउँसो घोराही उपमहानगरपालिका–९ हापुर खोलाको किनारमा विककाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौमले जानकारी दिनुभयो ।


