संखुवासभा कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सहायक प्रहरी निरीक्षक पक्राउ

विराटनगर । जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको घटनामा प्रहरीले कारागार प्रमुख र प्रहरी सहायक निरीक्षक पक्राउ गरेको छ । पक्राउ पर्नेमा कारागार प्रमुख राजेन्द्र घिमिरे र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई आइतबार पक्राउ गरेको संखुवासभा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

‘मृतकका आफन्तले कारागार प्रमुख र प्रहरी सहायक निरीक्षकको नाममा किटानी जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो,’ उनले भने । पक्राउ परेका दुवै जनालाई आइतबारदेखि लागू हुनेगरी अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बुधबार कुटपिटबाट दुई कैदीको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय संखुवासभाले पीडितले दिएको जाहेरीको आधारमा कारागारमा भएको कैदी मृत्युको घटनामा संलग्नमाथि थप अनुसन्धान सुरु गरिरहेको जनाएको छ ।

मादी नगरपालिका–५ का प्रकाश तोलांगीले कारागार प्रमुख र कारागार सुरक्षाकर्मी लगायतविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरे पनि पीडित पक्षले कुटपिटमा संलग्न १० जना प्रहरीको नाम सार्वजनिक गर्न माग गर्दै आएको थियो ।

प्रहरीले पनि विज्ञप्ति जारी गरेर झ्याल काटेर भाग्न खोजेका कैदीबन्दीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीबाट कुटपिट भएको स्वीकारेको छ । कुटपिटबाट संखुवासभाका विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।