धमलापत्नी एलिजा बालकोटमा

काठमाडौं । सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी एलिजा गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न बालकोट पुगेकी छन् ।

सञ्चारकर्मी ऋषि धमला पत्नी गौतमले एमाले अध्यक्ष ओलीसँग भेट गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा तस्बिरहरु पोस्ट गरेकी छन् ।

‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुवासँग बालकोटमा विशेष भेटवार्ता । भेटमा बुवाले दर्शाउनु भएको सद्भाव, माया, आशीर्वाद, प्रेरणा, उर्जा र मार्गनिर्देशनप्रति अनुग्रहित छु’, उनले लेखेकी छन्, ‘आजको भेटमा यहाँको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ । बुवासँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने मेरो चाहना र हुटहुटीमा मलजल पुग्नुका साथै फलदायी बन्नेछ ।’

उनले गरेको यो पोस्टले उनी पुनः सक्रिय राजनीतिमा आउने संकेत गरेको धेरैको अनुमान छ ।

२०७९ माघ १४ गते उनी नागरिक उन्मुक्तिमा पार्टीमा प्रवेश गरेकी उनी पार्टीको केन्द्रीय सदस्य थिइन् ।

केही समयअघि धरानका मेयर हर्क साम्पाङसँग भेटेर सक्रिय राजनीति छाडेर समाज सेवा गर्ने उद्घोष गरेकी थिइन् ।

एलिजा फाउन्डेसनमार्फत सामाजिक काममा दखिदै आएकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।