पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ढोका खोलियो
जनकपुरधाम । पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ढोका खोलिएको छ ।
रातिदेखि ब्यारेजमा उच्च खतरा देखिएपछि सबै ५६ ढोका खोलिएको हो । इतिहासमा तेस्रो पटक आज सबै ढोका खोल्नु परेको बताइएको छ ।
पानीको यस्तो उच्च बहाव २५ वर्षपछि पुगेको हो । अहिले कोशी ब्यारेज भएर ठूला सवारीलाई आवतजावतमा रोक लगाइएको छ ।


