यी हुन् चिट चोरेपछि परिक्षाबाट निष्काशन गरिएका पूर्व मेयर
धनगढी । कैलालीमा चिट चाेरेकाे भन्दै पूर्वमेयरसहितका २५ जना विद्यार्थी परीक्षा हलबाट निष्कासनमा परेका छन् ।
आइतबारदेखि सुरु भएको स्नातक तह दाेस्रो वर्षको परीक्षामा चिट चोरेको भन्दै लम्की बहुमुखी क्याम्पस केन्द्रमा गाैरीगंगा नगरपालिकाका पूर्व मेयर भीमबहादुर देउवासहितका विद्यार्थी निकालिएको हुन् ।
लम्की बहुमुखी क्याम्पसका प्रमुख अमर रावलले माेबाइल र गेसपेपरकाे सहायताले चिट चाेर्ने २५ जना विद्यार्थी आइतबार परीक्षा हलबाट निकालिएकाे बताए ।
तर पूर्व मेयर भीमबहादुर देउवा वा जाेसुकै भएपनि विद्यार्थीका रूपमा कारवाहीमा परेकाे रावलकाे भनाइ छ ।
पूर्व मेयर देउवा मसुरियाकाे खप्तड बहुमुखी क्याम्पसमा स्नातक तह दाेस्रो वर्षमा अध्ययनरत थिए ।
उनले परीक्षा हलमा माेबाइल र गेस पेपरमार्फत चिट चाेर्न थालेपछि निष्कासनमा परेकाे स्रोतले जनाएको छ ।


