गैंडाकोटको बोटे वस्तीमा बाढी पस्यो, २० घर परिवार विस्थापित

काठमाडौं । नारायणी नदीको बाढी बस्तीमा पसेपछि गैंडाकोटको बोटे गाउँका २० घर परिवार विस्थापित भएका छन् । गएराति लेदो माटोसहितको बाढी वस्तीमा पसेपछि उनीहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नारायणीको बाढीको सतह बढेर जोखिमको सम्भावना बढेपछि प्रहरी प्रशासनले सूचना जारी गर्दै सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । त्यसपछि उनीहरु लत्ताकपडा, खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेर सुरक्षित स्थानमा गएको प्रहरीको भनाइ छ । विस्थापित भएकाहरु आफन्तको घरमा बसेका छन् ।

यसैबीच नारायणी नदीको बाढी खतराको संकेत नजिक पुगेपछि नेपाल–भारत सीमा क्षेत्रमा पर्ने गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ । आज बिहान ब्यारेजमा २ लाख ७३ हजार क्युसेक प्रतिसेकेन्ड बहाव मापन भएको थियो । ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड तीन लाख क्युसेक पुग्यो भने खतराको सूचक मानिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।