कैदीबन्दी मृत्यु प्रकरण : कारागारका निमित्त प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी, असई चौधरी पक्राउ

किमाथाङ्का (सङ्खुवासभा), २९ साउन : सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन् ।

चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सहायक निरीक्षक चौधरीलाई पक्राउ गरी जिल्ला अदालत सङ्खुवासभाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो ।

कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा प्रमुख चौधरीलाई आइतबार पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरी निरीक्षक खनालले बताउनभयो । पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत सङ्खुवासभाले पक्राउ अनुमति जारी थियो ।

कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । शनिबार जिल्ला प्रहरी कार्यालयमा कारागार निमित्त प्रमुख (जेलर) घिमिरे र प्रहरी सहायक निरीक्षक चौधरीविरूद्ध जाहेरी परेको थियो ।

उक्त जाहेरी परेपछि प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरे र चौधरीविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन । यस घटनामा अन्य व्यक्तिको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ । पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको छ । पक्राउ पुर्जी जारी भएका कारागारका निमित्त प्रमुख घिमिरेलाई पक्राउ गरेर अनुसन्धान बढाइने प्रहरीले जनाएको छ ।

छ दिनपछि आफन्तले शव बुझे

कुटपिटबाट मृत्यु भएको कैदी तोलाङ्गी र बलामीका आफन्तले छ दिनपछि शव बुझेका छन् । किटानी जाहेरीपछि शनिबार शवको परीक्षण गरिएको थियो । प्रहरीले घटनामा संलग्न भएको आरोप लागेका कारागारका निमित्त प्रमुख घिमिरे र प्रहरी सहायक निरीक्षक चौधरीको नाम सार्वजनिक गरेपछि मृत्तकका आफन्तले आज शव बुझेका हुन् ।

पीडित पक्षले शव हेर्दा रडले कुटपिट गरेको, शरीरभरी निलडाम भएको, हत्या भएको आधार देखिएपछि कारागार प्रमुख र कारागारका सुरक्षाकर्मीविरूद्ध मृतकका आफन्तले जाहेरी दिएका थिए । घटनालगत्तै गृह मन्त्रालयले यही साउन २४ गते छानबिन समिति गठन गरेको थियो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।