प्रहरीले हत्या मुद्दामा ६ वर्षदेखि खोजेका व्यक्ति केन्द्रीय कारागारमा फेला

काठमाडौँ । काठमाडौँको बल्खुमा ५० वर्षीय महिलाको हत्यामा संलग्न आशंकामा प्रहरीको ‘खोजी सूची’मा रहेका व्यक्ति केन्द्रीय कारागारमा भेटिएका छन् । वास्तविक नाम ढाँटेर चोरी मुद्दामा जेल बसेको अवस्थामा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका शिवराम अधिकारी भेटिएका हुन् ।

शिवराम आफ्नो नाम ढाँटेर नकवजीन चोरी मुद्दामा जेलमा बसिरहेको अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रबिन्द्र रेग्मीले रातोपाटीलाई बताए । प्रहरी नायव उपरीक्षक गोविन्द पन्थी नेतृत्वको टोलीले गरेको लामो अनुसन्धानपछि ४६ वर्षीय शिवराम नाम ढाँटेर अर्जुन अधिकारीको नाममा जेलमा बसेको थाहा भएको हो ।

२०७४ पुसमा शिवरामले आफूसँगै ज्यामी काम गर्ने ५० वर्षीय नारायणी तिमल्सिना ‘अप्सरा’को हत्या गरेको आरोप छ । २०७४ पुस ३० मा मकवानपुर घर भएकी नारायणीको शव काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खु भुवनेश्वरी मन्दिरमा भेटिएको थियो ।

मृतकको खल्तिमा फेला परेको मोबाइलको आधारमा आफन्तले शव सनाखत गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट शिवरामसँग मृतकको फोन सम्पर्क धेरै देखिएपछि प्रहरीले उनलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो ।

हत्यापछि धादिङस्थित घरमा नगएका शिवराम उदयपुर, सिरहा र मकवानपुर लगायतका ठाउँमा लुकेर बसे । पछि परिवारसहित काठमाडौँको रामकोटमा तरकारी खेती गर्न थालेका उनी थानकोट क्षेत्रमा चोर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । २०७९ कार्तिकबाट उनी केन्द्रीय कारागारमा थुनामा परेको थाहा भएको छ ।

कर्तव्य ज्यान मुद्दामा शिवरामलाई बयान लिएर थप अनुसन्धान अघि बढाउन प्रहरी वृत कालिमाटीलाई लेखेर पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।