रूकुममा महिला हत्या प्रकरण : आरोपी पक्राउ पर्दा खुल्यो पाँच वर्षअघिको रहस्यमय हत्या

दाङ । रुकुम पश्चिममा एक महिलाको हत्याको आरोपी पक्राउ पर्दा पाँच वर्षअघिको रहस्मय हत्याको घटना खुलेको छ ।

गत साउन १८ गते मुसिकोट नगरपालिका–१ की ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या आरोपमा एक महिला पक्राउ पर्दा पाँच वर्ष अघि भएको अर्को हत्याको घटना पनि खुलेको हो ।

गत बिहीबार बुढाथोकीको हत्या आरोपमा पक्राउ परेकी सोही ठाँउकी २३ वर्षीया सिर्जना बुढा बोहराले नै पाँच वर्षअघि सोही ठाउँकी अर्की महिलाको हत्या गरेको कुरा प्रहरी अनुसन्धाननका क्रममा खुलेको छ ।

२०७५ साल असार १० गते ४६ वर्षीया आइती बुढाको घरमा लुटपाटपछि हत्या भएको थियो । तर, हालसम्म उक्त घटनाको दोषी पत्ता लाग्न सकेको थिएन । दोषी पत्ता नलाग्दा घटना रहस्मय बनेको थियो ।

तर ५२ वर्षीया बुढाथोकीको हत्या गरिएको आरोपमा पक्राउ परेपछि बोहराले नै पाँच वर्षअघि बुढाको हत्या गरेको रहस्य अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले बताए ।

उनले आरोपी बोहराले नै सोही ठाउँकी बुढाथोकी र बुढाको हत्या गरेको कुरा बयानका क्रममा स्वीकार गरेको बताए । ‘असन्धान गर्दा दोषीले दुवैको हत्या आफैले गरेको कुरा स्वीकार गरेकी छन्’ उनले अलनाइनखबरसँग भने, ‘आरोपीको बयानसँगै, घटनाको प्रकृति, प्राप्त सबूत प्रमाण र अनुसन्धानका विभिन्न चरणबाट हेर्दा दुई जनाकै हत्या एउटैले गरेको देखिन्छ ।’

डिएसपी भट्टराईका अनुसार बुढाथोकी र बुढाको हत्या उद्देश्य र प्रकृति पनि एउटै देखिन्छ । गहना र पैसा लुट्ने उद्देश्यले दुई जनाको हत्या गरेको कुरा अनुन्धानका क्रममा खुलेको उनले बताए ।

गत बिहिबार राति बुढाथोकीलाई सुतेको अवस्थामा ढुङगा (लौरो)ले हानी हत्या गरेपछि सिर्जनाले मोबाइल, नगद रुपिँया र सुनका गहना लुटेर बाहिरबाट कोठामा ताला लगाएर निस्किएकी थिइन् ।

डिएसपी भट्टराईका अनुसार पाँच वर्षअघि पनि आरोपी बोहराले यस्तै उद्देश्यले बुढाको हत्या गरेकी थिइन् । बोहराले रातिको समयमा बुढाको घरमा पुगेर चौखी (पिर्का), बञ्चरो र बाउसोले अन्धाधुन्द प्रहार गरेर हत्या गरेकी थिइन् । त्यसपछि गरगहना लुटेर कोठा बाहिर ताला लगाएर आफ्नो घर फर्किएकी थिइन् ।

प्रहरीले गत बिहीबार हत्या गरिएकी बुढाथोकीको शुक्रबार राति आफ्नै घरभित्रै बाहिरबाट ताला लगाएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसपछि प्रहरीले कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष प्रहरी टोली र कर्णाली प्रदेश केनाईन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान गरेको थियो ।त्यसपछि बोहरा पक्राउ परेकी थिइन् ।

प्रहरीले पक्राउ परेकी बोहोरालाई कर्तव्य ज्यान एवं डाँका तथा आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरेर अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ ।
त्यस्तै हत्या गरिएका दुवै जनाको गहना ल्याएर बोहराले खलङगा बजारमा रहेका दुई वटा सुनचाँदी पसलमा बिक्री गरेको समेत खुलेको छ ।

बिल बिनाका गहना खरिद गरेको र प्रमाण नष्ट गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले शोभा कुमारी सुनार सोनी र कृष्णबहादुर विश्वकर्मालाई पनि प्रहरीले पक्राउ परेको छ । तीनै जनालाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको डीएपसपी भट्टराई बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।