स्कूल ड्रेसमा एकैदिन हराए पोखराका ३ जना बालिका

पोखरा । पोखरामा एकैदिन तीनजना बालिका बेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिडेका पोखरा महानगरपालिका वडा नम्बर २ बिन्ध्यावासिनी बस्ने ३ जना बालिका हालसम्म पनि सम्पर्क नआएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिन्ध्यावासिनीका १४ वर्षीया मनिका परियार, १३ वर्षीया एलिसा परियार र १४ वर्षीया राधिका परियार एकैपटक सम्पर्क विहिन भएको भन्दै परिवारबाट उजुरी परेको छ ।

बेपत्ता भएकाहरु हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । ‘तीन बालिका बेपत्ता भएको भन्दै परिवारले उजुरी दिनुभएको छ । हामीले खोजी गरिरहेका छौं । हालसम्म पत्ता लागेको छैन’, उनले भने ।

आफन्तले भने दुई बालिकाले फोनमा कुरा भएपनि कहाँ कस्तो अवस्था रहेको जानकारी नभएको बताए । ‘तीनैजना एकैपटक हराएका हुन्, केहीदिन आफन्तकोमा खोज्यौं, नभेटिएपछि प्रहरीमा उजुरी दिएका हौं’, मनिका परियारकी एक आफन्तले भनिन्, ‘दुई जनासँग त कुरा भएको थियो । तर, कहाँ छन् थाहा छैन ।’

परिवारका अनुसार उनीहरु हराउँदा बखत तिनै जना सेतो सट, निलो स्कटको स्कुल ड्रेसमा थिए । परिवारले घरबाट स्कुल जान्छु भनी हिडेका र हालसम्म घरमा फर्की नआएका, आफन्त, स्टमित्र समेतको सम्पर्कमा नआएकी हुँदा खोजतलास गरी पाँउ भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।