मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौ । मुगु जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् । यस्तै गम्भीर घाइतेहरुमा मुगु जिल्ला सोरु गापा–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन् । त्यस्तै सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन् ।

गमगढी बजार र नेपालगञ्ज जान जिप चढेका पाँच जना हुम्लीमध्ये चार जनाको मृत्यु भएको छ । सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको बोलेरो जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।