तेह्रथुममा २४ वर्षीया श्रीमति रेसिकाको हत्या गर्ने श्रीमान सार्वजनिक

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–१ सक्रान्तीबजार डाडागाँउकी २४ वर्षीया रेसिका श्रेष्ठ (दमन्ता) हत्या गरेको आरोपमा पक्राउ परेका राजकुमार श्रेष्ठलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

गत साउन १४ गते आफ्नै श्रीमती रेसिकाको हत्या गरि फरार राजकुमारलाई झापाको काँकडभिट्टा स्थित एक होटेलमा लुकेर बसेको अवस्थामा साउन २७ गते प्रहरीले पक्राउ गरेको थियो ।

घरायसी विवादमा श्रीमानश्रीमती बीच झगडा भएपछि रिसको आवेगमा छातीमा मुक्का प्रहार गर्दा रेसिकाको मृत्यू भएको प्रहरीको अनुसन्धानमा अभियुक्त राजकुमारले बयान दिएका छन् । श्रीमतीको हत्या गरि घर नजिकैको सुँगुरको खोरमा गाडिदिएको समेत राजकुमारले स्विकारेको प्रहरी नायब उपरीक्षक राजन चापागाईँले बताउनुभयो ।

रेसिकाको हत्या भएको १३ दिनपछि मात्र प्रहरीले सुँगुरको खोरमा गाडेको अवस्थामा लाश फेला पारेको थियो । मृतकको साउन २८ गते अन्तिम दाहसंस्कार भएको थियो।

साउन १५ गते ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा श्रीमती हराएले खोजतलासको निवेदन राजकुमार आफैले गराएका थिए । प्रहरीले हराएकी दमन्ताको खोजीकार्य सुरू गरेको केही दिनमै राजकुमारले श्रीमती झापामा आफन्तकोमा रहेको जानकारी प्रहरीलाई गराएको बताइएको छ ।

साउन २४ गते राजकुमार पनि बेपत्ता भएपछि रेसिकाको दाजु युवराज श्रेष्ठले बहिनी र ज्वाँईको खोजीका लागि इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारमा निवेदन दिएका थिए ।
राजकुमारलाई जिल्लामा अदालतमा म्याद थप गरि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-हाम्रो सवाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।