स्वामी चन्द्रेशको निधन

काठमाडौं, साउन ३० । आध्यात्मिक गुरु स्वामी चन्द्रेश महाराजको निधन भएको छ। उनको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको हो।

लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित स्वामी चन्द्रेश नियमित डायलासिस गराउँदै आएका थिए। हिजो राति बुढानीलकण्ठस्थित आश्रमबाट ह्याम्स अस्पतालमा डायलासिसका लागि गएका उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

भारतको पश्चिम बंगालबाट लामो समयअगाडि नेपाल आएका स्वामी चन्द्रेशले बुढानीलकण्ठमा स्कुल सञ्चालन गर्नुका साथै विभिन्न आध्यात्मिक गतिविधिमा सामेल हुँदै आएका थिए। उनको पार्थिव शरीरलाई आज दिउँसो बुढानीलकण्ठस्थित आश्रममै समाधिस्थ गरिने छ ।

भारतको इस्ट बंगालमा जन्मेका स्वामी चन्द्रेशले कर्मथलो भने नेपालमा बनाएका थिए । नेपालको प्राकृतिक वैभवतामा लठ्ठिएका स्वामी चन्द्रेश नेपालमा विश्वलाई ज्ञान दिने शक्ति रहेको बताउथे । उनले प्राचीन र वैदिक भूमि नेपालले आफ्नो पहिचान गुम्न नदिन मुलुकलाई हिन्दू राष्ट्र बनाउनुपर्ने तर्क गर्थे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।