एलओडीमा राजश्वको टोली राति ग्राहक बनेर पस्यो, बिहान छापा मार्‍यो

काठमाडौं, राजश्व अनुसन्धान विभागको टोलीले काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबमा छापा मारेको छ। कर छली गरेको आशंकामा विभागले एलओडीमा छापा मारेको हो। राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले एलओडीले सरकारलाई तिर्ने गरेको करबारे बुझ्न खोजेको बताए।

‘हामीले उसको करको स्थिति हेर्न खोजेका हौं। अरू कुरा अनुसन्धानकै क्रममा छ,’ उनले भने। त्यसक्रममा केही कागजातहरू पनि नियन्त्रणमा लिएको उनले बताए। विभागको टोली गत शुक्रबार राति एलओडी पुगेको थियो।काठमाडौं उपत्यकाकै चर्चित क्लबमा शुक्रबार र शनिबार राति भीड लाग्ने गर्छ। ग्राहक धेरै आउने गरे पनि सरकारलाई तिर्ने कर भने काम हुनसक्ने आशंका विभागलाई थियो। त्यसकै आधारमा विभागले शुक्रबार राति एउटा टोलीलाई खटाएको थियो।

स्रोतका अनुसार विभागको टोली सादा पोशाकमा ग्राहक बनेर राति २ बजे एलओडी पसेको थियो। मध्यराति धेरै ग्राहक हुने भएकाले विभागको टोली २ बजे पसेको थियो।‘राति १२ बजेदेखि क्लब चलेर बिहान ६ बजेसम्म हुने रहेछ। त्यसैले रातिको २ बजे ग्राहक बनेर गएको थियो,’ स्रोतले भन्यो।
टोलीले त्यहाँ आउने ग्राहकको संख्या, क्लबले ग्राहकलाई गर्ने बिल भुक्तानी लगायतका कामहरू नियालेको थियो।

एलओडीले त्यहाँ खाएको बिलसमेत नदिने गरेको टोलीले पाएको थियो। अन्दाजी २३ सयभन्दा बढी ग्राहक आउने ठाउँमा बिल पनि भुक्तानी नगर्ने गरेको स्रोतले बतायो। ‘विभागको टोलीले अन्दाजी २३ सय बढी ग्राहकको संख्या गन्यो। खाएको बिल भुक्तानी पनि नगरेको पायो,’ स्रोतले भन्यो, ‘यस्ता गतिविधिहरू रातभर हेरेर मात्रै छापा मारिएको हो।’

ग्राहक कम भइसकेपछि बिहान ५ बजे विभागको टोलीले छापा मारेको हो। त्यसपछि शनिबार मध्याह्न १२ बजेमात्रै फर्किएको थियो। विभागले त्यहाँ रहेको काउन्टरहरू पनि सिल गरेको छ। पैसा राख्ने खुत्रुकेहरू र केही अफिस पनि केही सिल गरेको स्रोतले बतायो। कसैलाई भने नियन्त्रणमा लिएको छैन।
यसका सञ्चालकहरूलाई भने विभागले बोलाएर अनुसन्धान गरिरहेको छ।

केही समयअघि पनि एलओडीका सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको थियो। नाबालिगलाई क्लब भित्र छिराएको आरोपमा प्रहरीले सञ्चालकहरूलाई पक्राउ गरेको थियो। पछि म्यानेजरसहित केही कर्मचारीलाई पक्राउ गरी सञ्चालकहरूलाई छाडेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।