लोपोन्मुख प्रजातिका सतिसाल र सादनका वृक्षरोपण

जानकी (बाँके), ३० साउन : शमशेरगञ्ज सव डिभिजन वन कार्यालय बाँकेले लोपोन्मुख प्रजाति सतिसाल र सादनको बिरुवा उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा बासस्थान वृद्धिका लागि वृक्षरोपण सुरुवात गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा मात्रै कार्यालयले सतिसालका करिब २५ हजार र सादनको करिब २० हजार बिरुवा उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा वितरण तथा वृक्षरोपण सुरुवात गरेको कार्यालयका सहायक वन अधिकृत सुशील सुवेदीले बताउनुभयो ।

सहायक वन अधिकृत सुवेदीका अनुसार डाँले घाँस, कृषि औजार, फर्निचरका लागि अत्यधिक दोहन तथा हात्ती, चित्तल जस्ता जनावरले यी प्रजातिका घाँस अत्यधिक रुचाउने भएकाले वृक्षरोपण गरिएको हो । यी प्रजातिहरुको संरक्षण गर्न, यिनको प्राकृतिक बासस्थानको बढाइ बंशाणुगत विविधता ल्याउन डिभिजन वन कार्यालय बाँकेले यो वृक्षरोपण गरेको उहाँको भनाइ छ ।

सतिसाल र सादन बाँके जिल्लाको राष्ट्रिय निकुञ्जको कोर क्षेत्र र मुगुवा खोला किनारका क्षेत्रमा मात्र सीमित छ । पहिले प्रशस्त पाइने यो प्रजाति विस्तारै लोपहँुदै गइरहेकोमा डिभिजन वन कार्यालय बाँकेले सो प्रजातिको संरक्षण प्लट स्थापना गरेको सहायक वन अधिकृत सुवेदीले बताउनुभयो ।

यो वर्ष यी दुवै प्रजातिको राम्रो बीउ वर्ष भएका कारण प्रशस्तै बीउ सङ्कलन गरी बिरुवा उत्पादन गरिएको र उत्पादित बिरुवालाई बाँकेको बैजनाथ, खजुरा, राप्तीसोनारी गाउँपालिका सम्भावित बासस्थानमा रोपण गरिएको उहाँले बताउनुभयो ।

साथै जाजरकोट, डडेलधुराबाटसमेत यी प्रजातिको माग आइरहेको हुँदा सो स्थानमा पनि यी प्रजातिको बासस्थान विस्तार गरिने योजना रहेको सहायक वन अधिकृत सुवेदीले बताउनुभयो । यी प्रजातिका अलावा सव डिभिजन वन कार्यालयले बकाइनो, शिरिष, सागवान, काभ्रो, अमला, सेतो चन्दनलगायतका उपभोक्ताले माग गरेका बिरुवा करिब एक लाख गोटा उत्पादन गरी वितरण गर्दै आएको छ ।

उत्पादित बिरुवा निजी तथा सार्वजनिक जग्गा, सामुदायिक वन क्षेत्र, धार्मिक वन क्षेत्र, मध्यवर्ती वन क्षेत्र लगायतमा रोपण गरिएको छ । वन परियोजना तथा लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा बिरुवा उत्पादनका गरिएको हो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।