पहिरोमा बेपत्ता भएकामध्ये १९ जनाको शव फेला

काठमाण्डौ – म्यानमारको उत्तरी काचिन राज्यमा बहुमूल्य रत्न ‘जेड’ खानीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये १९ जनाको शव निकालिएको छ ।

ज्यान गुमाउनेहरु सबै पुरुष रहेका छन् । त्यहाँ खोजी र उद्धारको काम भैरहेको हपाकान्त प्रहरी चौकीका हान विन ह्लिङलाई उद्धित गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

स्थानीय समय अनुसार आइतवार म्यानमारको जेड उद्योगको केन्द्र हपाकान्तको माना गाउँ नजिकैको जेड खानीमा ३० जनाभन्दा धेरै मानिस बेपत्ता भएका थिए ।

म्यान्मारको कचिन प्रान्तमा विश्वकै सबैभन्दा ठूला जेड खानीहरू छन् ।

म्यान्मारको जेड खानीबाट वार्षिक ३० अर्ब डलरभन्दा धेरैको बहुमूल्य रत्न उत्पादन हुन्छ ।

त्यहाँ मानिसहरू ज्यान जोखिममा पारेर काम गर्न बाध्य छन् । खानीमा विगतमा पनि ठूला दुर्घटना भएका छन् ।

सन् २०२० मा खानीबाट निस्किएको फोहोरका कारण एउटा ताल फुट्दा १ सय ६० जनाभन्दा धेरैको ज्यान गएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।