झापामा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
झापा, श्रावण ३१ । झापाको कमल गाउँपालिका-५ स्थित राजमार्गमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
हिजो बेलुका सवा ७ बजे BR11AP 4141 नम्वरको कारले बिपरित दिशाबाट आउदै गरेको मे.१प ४६४४ नम्वरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक कमल गाउँपालिका-४ का ६७ बर्षीय डोर प्रसाद खनाललाई उपचारको लागि लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो ।
ठक्कर दिने कार र चालक बिराटनगरका ३१ बर्षीय रुस्तम उप्रेतिलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।


