हतुवागढीमा श्रमदान मार्फत सडक मर्मत

भोजपुर, ३१ साउन : भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको संयोजनमा सञ्चालन भइरहेको ‘जनश्रमदान अभियान’मा जोडिएर स्थानीयले सडक मर्मत गरेका हुन् ।

उक्त अभियानमार्फत वडा नं १ को घोडेटार बजार गेटदेखि वडा नं ४ एक्लेबरसम्म साँढे चार किलोमिटर सडक मर्मत गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । यहाँको मुख्य सडकअन्तर्गत नाली व्यवस्थापन, हिलो र खाल्डा भएका स्थानमा मिक्स गिटी लाउने, झाडी हटाउनेलगायत काम गरिएको उहाँले बताउनुभयो ।

“गाउँपालिकामा श्रमदान अभियान सञ्चालन गरेर सडकको मर्मत, सम्भार गरिरहेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “प्रायः सबै सडक वर्षातले बिग्रिएको अवस्थामा छन् । पालिकाले थालेको यस अभियानमा स्थानीयले पनि सहयोग गरिरहनुभएको छ ।”

बाटो बिग्रिएर आवतजावतमा समस्या भएपछि अभियानमार्फत स्थानीयले स्वतस्फूर्त रुपमा सहयोग गरिरहेका उहाँको भनाइ थियो । अध्यक्ष राईका अनुसार अभियानमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, उद्योग वाणिज्य सङ्घ, हतुवागढी यातायात प्रालि, प्रगति समृद्धि र हाटखोला टोल विकास संस्था, सिम्ले साँचकी फलामढुङ्गा खैराङ र शिला सुत्केरी टोल विकास संस्थालगायत सर्वसाधारण सहभागी छन् ।

श्रमदानमा जोडिने सबैलाई गाउँपालिकाले धन्यवाद दिँदै आगामी दिनमा पनि सञ्चालन गरिने अन्य विकासका अभियानमा जुट्न सबैलाई अनुरोध गरेको छ । यसअघि गाउँपालिका तथा वडा कार्यालयको अगुवाइमा श्रमदानमार्फत घोडेटार, सङ्खाम, दिमालुङ पदमार्ग क्षेत्रमा वृक्षरोपन गर्नुका साथै दिमालुङ क्षेत्रको सरसफाइसमेत गरिएको गाउँपालिकाले जनाएको छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।