चितवनमा कलेजको बसले शव बोकेको बोलेरोलाई ठक्कर दियो, त्यसपछि…

चितवन । भरतपुर महानगरपालिका र रत्ननगर जोड्ने टिकौली जंगलमा आज ११ बजेर ४० मिनेट जाँदा ८ वटा सवारी साधन एक-आपसमा ठोक्किँदा १९ जना घाइते भएका छन् ।

व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार भरतपुर ९ मा पर्ने टिकौली जङ्गलमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना. १ क ६१३१ नम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आँदै गरेको ना. २ च ८४४६ नम्बरकोको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो । त्यसपछि बा. प्र.०६-००१ प ९९८१, बा.प्र.०३-००५प ९७, ना६२ प ६०३२, बा.प्र.०३-००१, प ४१४७ मो.सा.हरु , बा.प्र.०६-००१प २२९४ र बा.प्र.०३-००२ प ४१९८ नं.को स्कुटर सहित ८ वा सवारी साधन एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा घाइते १९ जनालाई चितवनका विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले बताएको छ ।

घाइतेहरूलाई भरतपुर अस्पताल, मेडिकल कलेज लगायत विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ । भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको घाइतेहरूमा चितवन खैरहनी न.पा- ४ बस्ने वर्ष अं.६०/६५ को कृष्णबहादुर तामाङ, हेटौडा १४ बस्ने वर्ष अं.६०/६५ को महोन तामाङ, खैरहनी न.पा.१ बस्ने वर्ष अं.८२ को जित बहादुर तामाङ, रत्ननगर१४ बस्ने वर्ष अं.५०/५५ को कुसुम बहादुर राना, सोही ठाउँका वर्ष ३८ को सुरेश श्रेष्ठ, रत्ननगर ९ का वर्ष अं.३०/३५ को किशोर तामाङ र रत्ननगर १४ का वर्ष अं.५०/५५ को डोलबहादुर कार्की छन् । उनीहरु सबैको अवस्था गम्भीर रहेको डीएसपी पण्डितले जानकारी दिएका छन् ।

त्यसैगरी रत्ननगर १४ बस्ने वर्ष ४१ को पुर लामा, सोही ठाउँका मध्यम ५५ वर्षका बुद्रिराम तामाङ, रत्ननगर १६ का वर्ष ४४ को रेशम पोख्रेल, काठमाण्डौ गोकर्ण ४ बस्ने वर्ष ४८ की तारा श्रेष्ठ र रत्ननगर १६ घर भएका वर्ष ४७ को दिल बहादुर घिसिङको मध्यम अवस्थाका घाइते छन् । उनीहरूको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार एक जना घाइतेको मध्यम चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । त्यहाँ उपचार हुनेमा बलेरो गाडीमा सवार नवलपुर गैडाकोट ८ बस्ने वर्ष ५१ को लोकराज लामा रहेका छन् । यसैगरी ७ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । जसमा बा.प्र.०३-००६ प ९९८१ नम्बरको मोटरसाइकल चालक जि.चितवन र.न.पा.१४ बस्ने वर्ष ३३ को शंकर परियार , सोही मोटरसाइकल पछाडी सवार वर्ष ३६ को दिवेश शाक्य छन् ।

त्यसैगरी शव बोकेको बलेरो गाडीमा सवार रत्ननगर १४ बस्ने वर्ष ५० को आईतराम कामी, रत्ननगर ३ बस्ने वर्ष ४४ को गोपाल तामाङ, रत्ननगर १४ का वर्ष २६ कका पुष्प तामाङ, सोही ठाउँका वर्ष ३८ का कृष्ण लामा र रत्ननगर ३ का ने वर्ष ४५ को जीवन लामा छन् ।-नेपाल प्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।