सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ
काठमाडौ । साउन ३ गते बरामद भएको ६० केजी ७१६ ग्राम सुन बरामद प्रकरणमा प्रहरीले थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले ती चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको बताए ।
पक्राउ परेका ती चारैजना चिनियाँ नाम प्रहरीले खुलाइसकेको छैन । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदातलमा उपस्थित गराइएको छ ।
अदालतमा उनीहरुलाई ५ दिन हिरासतमा राख्न अनुमति मागिएको छ । यसअघि पक्राउ गरेका १७ जनालाई पनि त्यति नै समय हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
उक्त सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई बुझाइसकेको छ ।


