बिग्रिएको टिपरलाई आगो लगाएर बीमा रकम हत्याउन उजुरी गर्न पुगेका मालिक नै पक्राउ

काठमाडौं । बिग्रिएर थन्किएको टिपरमा आगो लगाएर बीमा रकम हत्याउन खोजेको आरोपमा ललितपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको मन्थली-१२ का ३४ वर्षीय प्रदिपकुमार खत्री, सिन्धुलीको दुधौली-१४ का २५ वर्षीय रंगबहादुर बुढाक्षेत्री र रामेछापको मन्थली-१२ का ३३ वर्षीय भीमसेन खत्री रहेका छन् । गत साउन १२ गते राती राखेकै ठाउँमा आगजनी भएको भन्दै टिप्परका मालिक प्रदिपले महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी गरेका थिए ।

अनुसन्धानका क्रममा खत्रीसहितको योजनामा उनिहरुले नै टिपरमा आगो लगाएर विमा रकम हत्याउन खोजेको ललितपुर प्रहरीले दाबी गरेको छ । प्रहरीका प्रदिपले १३ महिना अघि मासिक किस्तामा रकम भुक्तान गर्ने गरी १३ लाख रुपैयाँमा उक्त टिपर लिएका थिए ।

तर चार महिनाअघि देखि उक्त टिपर गोदावरी नगरपालिका-१२ ठेचोस्थित नख्खु खोलामा थन्क्याएर राखिएको अनुसन्धानका क्रममा खुलेको छ । बनाउन धेरै पैसा लाग्ने भएपछि आगजनी गरेर विमा रकम लिने योजना उनिहरुले बुनेको प्रहरीको दाबी छ ।-नेपाल प्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।