अपरेसन हनी ट्रयाप : सामाजिक सञ्जालमा केटी बनेर रेस्टुरेन्टमा बोलाउँथे, पछि धम्की दिएर लाखौँ रकम माग्थे

काठमाडौं । प्रहरीले ‘अपरेसन हनी ट्र्याप’अन्तर्गत दुईजनाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाईकी आसिका रजल मगर र दोलखा भिमेश्वरका राजु खत्री रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुषहरूलाई खाजा खाने बाहनामा रेस्टुरेन्टमा लगेर भेटघाट गर्ने गरेका थिए । त्यसपछि पीडितहरूको घर ठेगाना, कार्यालय तथा सवारी साधनलगायतका सम्पूर्ण विवरणहरू डायरीमा संकलन गर्थे ।

सबै विवरण पाएपछि प्रत्यक्ष भेटघाट गरेर झुठा मुद्दा लगाएर फसाइदिने भन्दै पीडितलाई धम्की देखाएर मोलमोलाइ गरेर ठुलो रकम माग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न मितिमा ४० लाख बराबरको रकम उल्लेख भएका आठ थान चेक काट्न लगाएर रकम असुल गरेको घटनाका आधारमा पक्राउ गरेको हो । -बाह्रखरीबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।