नीलकण्ठ माविबाट शर्मिलाले ल्याईन कक्षा १२ मा ३.८३ जीपीए

धादिङ । नीलकण्ठ माध्यामिक विद्यालयबाट कक्षा १२ को परिक्षा दिएकी शर्मिला श्रेष्ठले ३.८३ जीपीए ल्याएकी छिन् । उनले ल्याएको यो जीपीए जिल्ला कै प्रथम भएको नीलकण्ठ माविले दावी गरेको छ ।

यस्तै नीलकण्ठ माविबाटै सेलिना तामाङले ३.७५, आयुष अर्यालले ३.७५, रबि भट्टले ३.६९ जीपीए ल्याएका छन् । नीलकण्ठ माविबाट ४८६ जनाले १२ को परिक्षा दिएका थिए भने आर्थिक वर्ष ०८०/०८१ मा परिक्षा दिनका लागि ५४३ जना कक्षा १२ मा अध्ययन गरिरहेको प्रधानाध्यापक ध्रुव अधिकारीले धादिङपोष्टलाई बताए ।

नीलकण्ठ मावि एसईई २०७९ को नतिजामा पनि जिल्ला कै सर्वोत्कृष्ट भएको थियो । एसईईमा नीलकण्ठबाट पुष्पादेवी पौडेलले ३.९५ जीपीए, अभिशेक तामाङले ३.९२ जीपीए, आसुतोश अधिकारी र भगवान पौडेलले ३.९० जीपीए ल्याएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले सर्वाजनिक गरेको कक्षा १२ को नतिजा अनुसार देशभरबाट करिब ५१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९ प्रतिशत भने नन ग्रेडेड भएका छन् । परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।